डुम्रेमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को२त ७८५३ नंको ट्र्याक्टर दिउँसो करीब ३ बजे डुम्रेमा पल्टिएको हो । दुर्घटनामा परी ट्र्याक्ट...

हुम्लामा भिषण आगलागि, तेह्र घर जलेर नष्ट

हुम्ला। जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने क...

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ- सभापति देउवा

उर्लाबारी। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन्। पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्...

डिपिएल अक्सन सम्पन्न, छ टोलीले किने ७२ खेलाडी

काठमाडौँ। तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेला...

के तपाइको पेटको छाला च्यात्तिएको छ ? अपनाउनुस यी तरिकाहरु

पेटको छाला च्यातिने समस्याले हरेक महिलालाई सताइरकेको हुन्छ । जब एउटी महिला गर्भवती हुन्छिन् तब उनको पेटमा हुर्कदै गएको बच्चाको आकार सँगसँगै उनको पेटको छाला पनि तन्किन थाल्दछ । उक्त तन्किएको छाला बच्चा जन्मिसकेपछि दाग बने...

जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास

काठमाडौँ। सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गरेका छन्। रापती समाज काठमाडौँको १२ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले पूर्...

सर्वोत्कृष्ट सेवा प्रदान गरी आम जनताको मन जित्न सक्नुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ, पूर्वराष्ट्रपति डा रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताएका छन् । वसुन...

जनताले नेतृत्व परिवर्तन चाहेका छन्: महामन्त्री डा कोइराला

चितवन। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन् । नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै ...

साताको शेयर बजार, एक अर्ब ६६ करोडको कारोवार

काठमाडौँ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ ...

सालनालसमेत नकाटिएको नवजात शिशु फेला

चितवन। इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिका...