पत्रकार महासङ्घ खोटाङका सचिव रिजाललाई कोरोना सङ्क्रमण

खोटाङ, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । देश पोष्ट अनलाइनका सम्पादकसमेत रहनुभएका सचिव रिजाललाई सङ्क्रमण भएको पुष्टि भएपछि हाल कोभिड अस्पताल बिराटनगर भर्ना गरिएक...

दिक्तेल बजारमा पत्रकार महासङ्घको सम्पर्क कार्यालय स्थापना

खोटाङ, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ खोटाङले दिक्तेल बजारस्थित भवनगैरामा सम्पर्क कार्यालय स्थापना गरेको छ । कृषिविज्ञ मदन राईले निःशुल्क उपलब्ध गराउनुभएको रत्नपार्कस्थित जग्गामा कार्यालय भवन निर्माण गरिएको भएपनि सञ्चा...

सहकारी सङ्घका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु

खोटाङ, १६ वैशाख । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँ...

नगरपालिकाले दिक्तेलमा बनायो ३२ बेडको आइसोलेसन सेन्टर

खोटाङ, १५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । देशभर कोभिड–१९ को सङ्क्रमण फैलिन थालेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर...

त्रिधार्मिक धाम हलेसीसहित सम्पूर्ण मठमन्दिर तथा हाटबजार १५ दिनका लागि बन्द

खोटाङ, १५ वैशाख । कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द...

कोभिडका कारण विद्यालयस्तरका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

काठमाडौँ, १२ वैशाख । कोभिड सङ्कट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालयस्तरका सबै परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै परी...

अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारद्धारा भारतलाई पत्र

काठमाडौँ, १२ वैशाख । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सा...

यही गतिमा कोरोना फैलिए अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबा...

सीसीएमसीको सिफारिस : डान्सबार र दोहोरीसाँझ पूरै बन्द, रेष्टुरेन्ट राति १० बजेपछि

काठमाडौँ, ४ वैशाख । कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसी...

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौँ, ४ वैशाख । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्नेछ । र, परीक्षाहरु पनि सुचारु हुनुपर्ने कोभिड –...