काठमाडौं । सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए संसद् बैठकमा मुठभेड हुन सक्छ । सभामुखको संसद्भित्रको भूमिका हामीलाई चित्त बुझेको छैन । सभामुखको पदमा आसिन भइसकेपछि दलमा आबद्ध रहनुहुन्न र रहँदैन भन्ने कुरालाई हामी सधैँभरि अपेक्षा गर्छौँ । अस्तिको अवस्था दोहोरिन नदिन उहाँले हामीलाई बैठक सुरु हुनुअघि आश्वस्त पार्नुहुन्छ भन्ने अपेक्षा छ ।
१६औँ अनशनको १६औँ दिन सांसदलाई डा। केसीको अपिल- जनतासँग गरेको वाचा सम्झिनुहोला
यतिवेला तपाईंहरूको हातमा चिकित्सा शिक्षा विधेयक आएको छ । यो वेलामा तपाईंले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णयसमेत हो । त्यसैले मेरो विश्वास छ, तपाईंले निर्णय गर्दैगर्दा कम्तीमा पनि तपाईंलाई मत दिएर पठाएका जनतासँग गरेका वाचा सम्झिनुहुनेछ र संसदीय समितिले गरेको त्रुटिलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ ।