चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम

Halesi
0 Shares

नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ । बिहीबार संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै ७२ घन्टाभित्र वार्ता समिति गठन गरी केसीको जीवनरक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग माग गरेका हुन् । अल्टिमेटमको अवधिमा ठोस कदम अगाडि नबढाए १३ माघमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जको प्रांगणमा उपत्यकाका सबै चिकित्सक भेला भएर आन्दोलनको धारणा बनाउने संघको चेतावनी छ ।संघले त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायत देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले घोषणा गरेको आन्दोलनप्रति पनि समर्थन रहेको जनाएको छ ।

स्तो छ केसीको स्वास्थ्य ?
अनशनरत डा। केसीलाई निद्रा नपर्ने समस्या रहेको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न मेडिकल टिमले स्वास्थ्य बुलेटिन जारी गर्दै केसीको मांसपेशी दुखाइ र कमजोरी बढेको जनाएको छ । रक्तचाप र मुटुको चाल भने स्थिर छ । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया