काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो ।
नेपाललाई २-१ ले श्रृंखला जिताउने क्रममा कप्तान पारस खड्का नायक सावित भए । उनले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बने । उनले आफ्नो पारीमा १५ चौका र एक छक्का पनि हानेका थिए । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए