अकूत सम्पत्ति कमाउने रेडियो अपरेड विरुद्ध भ्रष्टाचार मुद्धा, कति कमाए सम्पत्ति ?

Halesi
0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले १४ करोड रुपैयाँभन्दा बढी अकूत सम्पत्ति कमाएको भन्दै श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, काठमाडौंबाट अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धान कारबाहीको सिलसिलामा निलम्बनमा रहेका श्रेष्ठसँग सो सम्पत्ति रहेको जनाएको हो ।श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा पर्न गएको उजुरीका सम्वन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय व्ययको विश्लेषण गर्दा १४ करोड भन्दा बढी रकम गैरकानुनी तरिकाले आर्जन गरिएको देखिएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध १४ करोड ६१ लाख विगो दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया