भेनेजुएला संकटबारे प्रचण्डको जस्तै सरकारको धारणा, बाह्य हस्तक्षेप बिना समस्याको समाधान हुनुपर्नेमा जोड

Halesi
0 Shares

काठमाडौं । भेनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधानको विषयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वक्तव्य निकालेको ५ दिनपछि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको धारणामा पनि भेनेजुएलाको राजनीतिक संकट आन्तरिक भएकाले सोही देशका जनताले समाधान खोज्नु पर्ने उल्लेख छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले

आज निकालेको विज्ञप्तिमा आन्तरिक राजनीतिक समस्या बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि देशको आन्तरिक राजनीतिक समस्याको समाधान त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनेमा विश्वास गर्दछ ।’ ‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाका नागरिकसँगै छ’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
हेर्नुस् विज्ञप्तिको पूर्ण पाठः-

तपाईको प्रतिक्रिया