पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले केसीको अनशनलाई ठट्टा नसम्झन चेतावनी दिएको

Halesi
0 Shares

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा। गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ – श्रेष्ठले डा। केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अनशनसहित आन्दोलनरत चिकित्सकका मागप्रति समेत ऐक्यबद्धता जनाए ।उनले संसदीय हैन, संवैधानिक सर्वोच्चताको ख्याल गर्न सरकारलाई आग्रह गरे । डा। केसीको जीवनरक्षाका लागि समेत सरकारले चासो नदिएको भन्दै श्रेष्ठले आक्रोश व्यक्त गरे । डा। केसी अनशन बसेको मंगलबार २१ दिन पुगको छ ।

तपाईको प्रतिक्रिया