सेनाले ब्यारेकबाहिर गरेका अपराधजन्य कार्यका मुद्दा चलाउने अधिकार महान्यायाधिवक्तालाई

Halesi
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले सैनिक ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा मुद्दा चलाउने क्षेत्राधिकार महान्यायाधिवक्ताको हुने निर्णय दिएको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – सैनिक ऐनले किटानी गरेबाहेकका अपराधजन्य कार्य सैनिकबाट भएमा मुद्दा चलाउने अधिकार महान्यायाधिवक्ता र सुनुवाइको क्षेत्राधिकार सामान्य अदालतलाई रहेको सर्वोच्चको ठहर छ।

उक्त फैसलासँगै सैनिक अदालत र अन्य सामान्य अदालतको क्षेत्राधिकारको टुंगोसमेत लागेको छ। सर्वोच्चले भविष्यमा सेनाको कार्यक्षेत्रबाहिर भएका कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालय र मुद्दा दर्ता गरी सुनुवाइको व्यवस्था गर्न सबै अदालतलाई लेखी पठाउनसमेत आदेश दिइएको छ।

तपाईको प्रतिक्रिया