काठमाडौं । टीट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित भएको हो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० एकेडेमीको मैदानमा टस जिती फिल्डिङ रोजेको नेपालले घरेलु टोली यूएईलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रनको योगफलमा रोकेको थियो।
जवाफमा नेपालले निर्धारित ओभरमा सात विकेट गुमाउँदा एक सय ३२ रन मात्रै जोड्न सकेपछि पहिलो खेलमा पराजय बेहोरेको हो।