पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसो बढ्ने

Halesi
0 Shares

काठमाडौं । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बनाउनु भयो ।अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया