काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् रु एक हजार बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिनेछ । बिक्री हुन लागेको शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई, ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ ।