काठमाडौं । युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनका लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९।३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो । जितसँग नेपालले श्रृंखला १-१ को बराबरी गरेको छ ।
नेपालका लागि दीपेन्दसिंह ऐरीले सर्वाधिक रनको योगदान गरे ।
नेपालको कप्तान पारस खड्का बिना खाता खोलि आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन बनाए । करण केसीले २० रन बनाउँदा ओपनर प्रदीपसिंह ऐरीले ८ रन बनाए भने सन्दीप जोराले १ रनको योगदान गरे । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले सबै विकेट गुमाइ १९।२ ओभरमा एक सय ७ रन जोडेको थियो । युएईलाई सस्तैमा रोक्नका लागि नेपालका लागि अविनाश बोहोराले ३, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले समान २र२ विकेट लिएका थिए । युएईका एक खेलाडि रन आउट भए ।
।