काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले बर्षेनी एक हजार २०० हजयात्री नेपालबाट मक्का जाने गरेको स्मरण गर्दै त्यसलाई दोब्बर बनाउन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ ।
नेपालका लागि साउदी अरेबियाका राजदूत राजदूत मुसैद एस अल मारवानीले आज आफूसँग गर्नुभएको शिष्टाचार भेटमा गृहमन्त्री थापाले साउदी अरब सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै छिट्टै साउदी अरब र नेपालबीच श्रम सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।
सो अवसरमा राजदूत मारवानीले नेपाली कामदार मिहिनेती र इमान्दार रहेको भन्दै साउदीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न चाहेको उल्लेख गर्दै नेपालको पर्यटन वर्ष सफल पार्न सक्दो सहयोग रहने बताउनुभएको गृहमन्त्रालयले जनाएको छ ।