पोखरा। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । नेविसंघले शनिबार बिहान बिदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनी गरेको हो । नेविसंघले बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेका थिए ।
आगजनी गर्ने विद्यार्थी नेताहरु लक्ष्मी पौडेल, बिनय पौडेल, राजेन्द्र बराल, डिफान भुजेल र पुर्शुराम बस्नेतलाई पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनीहरु सबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।