खोटाङको रावाबेँसी गाउँपालिकामा कृषि मेला प्रदर्शनी, हेर्नुहोस् तस्विर

Halesi
0 Shares

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा पालिकास्तरिय प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी गरिएको छ । कृषि पेशाको सम्मान तथा किसानको प्रोत्साहनका लागि रावाबेँसी गाउँपालिका–१ कुभिन्डेमा बिहिबार र शुक्रबार कृषि मेला प्रदर्शनी गरिएको हो ।

मेलामा विभिन्न ठाउँका किसानले तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, दलहन तथा तेलहन, नगदे बाली, जरे बाली र विविध बाली प्रदर्शनमा राखिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए । कृषि मेला प्रदर्शनीमा कुभिन्डे, खार्पा, लामीडाँडा, धारापानी दुबेकोल र हौंचुरका १०७ किसानले एकैथलोमा ३५४ थरिका कृषि उपज प्रदर्शनीमा राखेको आयोजकले जनाएको छ । दुई दिनको अवधिमा पाँच सयभन्दा बढि स्थानीले बृहत कृषि मेला प्रदर्शनी अवलोकन गरेका छन् ।

कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २७ किसानलाई बिभिन्न बिद्यामा पुरस्कार प्रदान गरिएको छ । प्रत्येक ७ बाली समुहका प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त किसानलाई जनही ६ हजार, ४ हजार, ३ हजार र १ हजार ५ सयका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट किसानलाई गाउँपालिका प्रमुख लिलानाथ निरौला र घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रामकुमार राईले पुरस्कार प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया