एजेन्सी । भारतमा विषाक्त रक्सी सेवनबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ । उत्तराखण्ड र उत्तर प्रदेशका विभिन्न ठाउँमा विषाक्त रक्सी सेवनबाट पछिल्लो एक हप्तामा ८२ जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विषाक्त रक्सी सेवनबाट ज्यान गुमाउनेहरु मेरठ, सहारनपुर, रुड्की र कुशीनगरका रहेका छन् । मेरठमा १८, सहारनपुरमा ३६, रुड्कीमा २० र कुशीनगरमा ८ जनाको मृत्यु भैसकेको छ । सहारनपुरका ३६ जना, एक व्यक्तिको तेह्रौं दिनको संस्कारमा सहभागिहरु रहेका छन् ।
विषाक्त रक्सी सेवनबाट बिरामी परेका हजारौंको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । सुरक्षाकर्मीले धेरैको ज्यान गएपछि छापा मारेर लाखौं रुपैयाँको मदिरा बरामद् गरेको छ । नेपाल सीमावर्ती क्षेत्रमा छापा मारिएको छ ।