दुर्घना भई घाइते भएकाहरुको उपचारको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने

Halesi
0 Shares

बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ स्थित चाउरे माझीको विवाहमा केही दिन अगाडि जन्ती लिएर फर्कने क्रममा टिपर दुर्घना भई घाइते भएकाहरुको उपचारमा लाग्ने खर्चको ५० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने भएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–१, कठोरेबाट जन्ती लिएर फर्किएको टिपर यही माघ २३ गते सिन्धुलीको सुनकोशी गाउँपालिका–२ टुप्पीडाँडामा दुर्घटना भएको थियो । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले सोमबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परेका सबै घाइतेको उपचार खर्चको सबै बिल भर्पाई जम्मा गरेर त्यसमा लाग्ने लागतको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने जनाउनुभएको हो ।

उहाँका अनुसार गम्भीर घाइते भई उपचाररत रहेका बिरामीमा धुलिखेल सामुदायिक अस्पतालमा चार, नर्भिक अस्पतालमा सात, न्यूरो अस्पतालमा पाँच, ट्रमा सेन्टरमा दुई, टिचिङमा र कान्तिपुर अस्पतालमा एक÷एकको उपचार भइरहेको छ ।

सो घटनामा घाइतेको उपचार खर्चका लागि वडा नं ३ का वडाध्यक्ष विष्णु तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिसकेका छ । सो समितिले उपचारका क्रममा लागेको सबै बिल भर्पाई जम्मा पारेर कार्यालयमा पेश गरेपछि त्यसको ५० प्रतिशत रकम गाउँपालिकाले व्योहोर्ने छ ।

सो दुर्घटना परी तेमाल गाउँपालिका–९ का वर्ष २२ की कृष्णमाया माझी र सोही ठाउँका वर्ष १६ का चुनपाइ लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया