जनयुद्ध र जनआन्दोलन दिवस एकसाथ नमनाउन सुझाव

Halesi
0 Shares

० हलेसी खबर संवाददाता/
खोटाङ : फागुन १ गतेलाई तत्कालिन माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । यसै क्रममा खोटाङमा एकैसाथ मनाईएको जनआन्दोलन तथा जनयुद्ध दिवसको विषयमा केही नेताहरुले फरक धारणा राखेका छन् । नेकपाकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले जनयुद्ध दिवसको दिन जनआन्दोलन थप्न नहुने बताउँदै संङ्किर्ण सोच भएको टिप्पणी गरेकी छिन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै राईले जनयुद्धकै कारण हालसम्मको राजनैतिक उपलब्धी भएको बताउँदै यसलाई संस्थागत गरेर लैजानुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

जनयुद्धको जगमा टेकेर भएको जनआन्दोलन र त्यसपछी प्राप्त उपलब्धीलाई कुनै पनि स्वार्थमा भुल्न नहुने बताउँदै उनले आगामी वर्षहरुमा जनयुद्ध र जनआन्दोलन दिवस फरक फरक समयमा मनाउनुपर्ने सुझाव दिएकी हुन् । नेपाल कम्युष्टि पार्टीको कार्यालय दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाईएको हो । केन्द्रीय सदस्य राईले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नेकपाका नेता कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, युवा संघ केन्द्रीय सदस्य दिनेश राई, आधिकारिक टूेड युनियन (कर्मचारी)का अध्यक्ष ध्रुव कार्की, नेकपाकी नेता रश्मी रसाईली र नेपाली काँग्रेसका उमेशचन्द्र आचार्यले आ–आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया