काठमाडौं। जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको सहमति र सल्लाहमा नायब सुब्बा भोलानाथ चालिसेले पाँच लाख घुस लिएको खुलासा गरेका छन्।
विचराधिन हरेको सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरी दिने भनी न्यायाधीस बानियाँको सल्लाह र सहमतिमा नासु चालिसेले घुस लिएको लिएको खुलेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने क्रममा नासु चालिसेले आफूले न्यायाधीस बानियाँसँगको मिलोमतो नै रकम लिएको बताएका छन्।