पटक–पटक पिसाब लागिरहेमा के गर्ने ?

Halesi
0 Shares

पटक–पटक पिसाब लाग्ने समस्या छ भने बेवास्ता गर्न मिल्दैन। यस्तो हुनुका कारण धेरै छन्। मूत्राशय ९ब्लाडर० र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुन्छ।

२४ घन्टामा ६–७ पटकभन्दा बढीपटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ। कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन। जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ।

पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो रोगले मानिसको नियमित दैनिकीमै असर पु(याउँछ।

कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिन्छ।

तपाईको प्रतिक्रिया