२४ घण्टामा ३० पटक झुट बोल्छन् महिला, के यो साचो हो ?

Halesi
0 Shares

धेरै मानिसहरुले झुट बोल्नु नराम्रो भन्छन् तर कहिलेकाँही राम्रो प्रयोजनका लागि बोलिने झुटलाई स्विकार गर्न सकिने पनि बताइन्छ । तपाईंहरु सबैलाई ‘झुटो कत्तिको बोल्नुहुन्छ रु’ भन्ने प्रश्न सोधियो भने प्रायःजसो सबैले कहिलेकाँही मौका पर्दा बोल्छु भन्ने होला । तर तथ्य भिन्न छ । एक अध्ययनका अनुसार तीनमध्ये एक मानिस हरेक दिन एकपटक झुटो बोल्ने गर्दछ । यस्तै अर्को अध्ययनले पाँच महिलामध्ये चारले हरेक दिन झुट बोल्ने निष्कर्ष निकालेको छ ।

अनुसन्धानमा संलग्न केही महिलाले आफूहरुले दिनमा ३० पटक झुटो बोल्ने गरेको स्विकार गरेका छन् । यसको प्रतिस्पर्धामा पाँचमध्ये दुई पुरुषले हरेक दीन झुटो बोल्ने स्विकार गरेका छन् । मानिसहरुको भावनामा ठेस् नलागोस् भन्नका लागि आफूहरुले झुटो बोल्ने गरेको अनुसन्धानका सहभागीहरुले बताएका छन् । यस्तै ५५ प्रतिशत मानिसहरुले दोस्रो व्यक्तिलाई राम्रो महसुस होस् भन्नका लागि झुटो बोल्ने गरेको बताएका छन् । ३२ प्रतिशत मानिसहरु साँचो कुरा बोलेर कुनै पनि समस्या पर्न नचाहने बताएका छन् ।

एक इन्स्योरेन्स कम्पनीको तर्फबाट गरिएको यो अनुसन्धानमा करिब २ हजा मानिसहरुको सहभागिता थियो । काम, तलब, तौलजस्ता कुराहरुमा मानिसहरुको झुटो बोल्ने गरेको बताएका छन् । यसका साथै आफू नजिकको मानिसलाई प्रभावित गर्नको लागि पनि झुटो बोल्ने गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया