करिना कपुरले राहुल गान्धीसँग डेट जाने मन छ भनेपछि…

Halesi
0 Shares

नयाँदिल्ली । बलिउडमा पछिल्लो समय खासै सक्रिय नदेखिएकी अभिनेत्री करिना कपुरको पछिल्लो अभिव्यक्तिले उनलाई फेरि चर्चाको पात्र बनाइदिएको छ । सिमी गेरवालसँगको एक टेलिभिजन ‘शो’ मा उनले जे भनिन्, त्यो कुराले करिना मात्रै नभएर भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई समेत तानेको छ । पछिल्लो साता सिमीसँग करिना एक अन्तर्वार्तामा थिइन् । त्यस क्रममा उनलाई ‘कोसँग डट जान चाहनुहुन्थ्यो ?’ भनेर सोधिन् ।

‘भन्नैपर्छ र ? भन्नैपर्छ जस्तो त लाग्दैन । यो विवादास्पद हुने भए पनि यसमा मतलव छैन,’ केही आनाकानी गर्दै करिनाले भनिन्, ‘राहुल गान्धी । उनलाई म नजिकबाट बुझ्न चाहछु ।’ गान्धीको पारिवारिक पृष्ठभुमि राजनीतिक भएको र आफ्नो पारिवारिक पृष्ठभुमि चलचित्र भएकाले आफूहरुबीच रोचक कुरा हुनसक्ने भन्दै उनले जोड दिएकी थिइन् ।एजेन्सी

तपाईको प्रतिक्रिया