काठमाडौं । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पत्रकारलाई सम्मेलन गरि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व, कमेडी सबै मिश्रित छ । चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप गायकको भूमिकामा छन् । जसिताले दार्जि्लिङकी एक युवतीको भूमिका निभाएकी छन् । फिल्मका निर्माता गोविन्द शाही हुन् ।
प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक घिमिरेले फिल्मले सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । यसलाई आलोक शुक्लाले खिचेका हुन् । यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता प्रदीपले यस फिल्मबाट ठूलो आशा बोकेको बताए । अभिनेत्री जसिताले ‘लभ स्टेशन’ मा काम गर्दा रमाइलो अनुभव भएको सुनाइन् । निर्माता शाहीले भने फिल्मलाई उतकृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताउँछन् ।