दाम्पत्य सम्बन्ध टुट्नुको कारण, महत्वकांक्षी श्रीमान् वा श्रीमती ? हो, यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो, अलग हुने

Halesi
0 Shares

जीवनभर एकअर्काको साथ दिने’ कसम खाएर जोडिएका कति सम्बन्ध एउटा मोडमा आइपुगेपछि दुई चिरा पर्छ । एउटै छानोमुनी जीवन काट्ने, एउटै थालमा खाने, एउटै विच्छ्यौनामा एकाकार हुने भावनात्मक बन्धन किन टुट्न पुग्छ रु जवाफ एउटै वाक्यमा पुरा हुँदैन । श्रीमान र श्रीमतिबीचको सम्बन्धमा कटुता आउनु, भ्रम र अविश्वास बढ्नु, अन्ततः अलग९अलग हुने निर्णयमा पुग्नुमा एउटै मात्र कारक हुँदैन । यसमा विभिन्न कारण हुन्छन् । दोषी एकमात्र हुँदैनन् । दुबैले केही न केही त्रुटी गरेकै हुन्छन् ।

दाम्पत्य सम्बन्ध टुट्नु एकदम दुःखदायी कुरा हो । यसले सम्बन्धित श्रीमान् र श्रीमतीलाई मात्र होइन, उनीहरुका सन्तानलाई विक्षिप्त बनाउँछ । उनीहरुका आफन्त, नातेदार, छिमेकी पनि यसबाट नराम्ररी प्रभावित हुन्छन् ।
तर, नचाहेरै दम्पतीबीच सम्बन्धमा फाटो आउँछ । जब उनीहरु एउटै छानोमुनी उभिएर रमाउन असमर्थ हुन्छन्, तब दुबै अलग हुन्छन् ।श्रीमान् र श्रीमतीको महत्वकांक्षा पनि कहिले काहीँ दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ ।

श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?
प्रश्न जटिल छ । किनभने हामीकहाँ श्रीमतीले घर९परिवार सम्हाल्नुपर्ने दायित्व हुन्छ । खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने, सासु९ससुराको ख्याल गर्ने जस्ता यावत् काम श्रीमतीले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यसरी घरभित्रको काम श्रीमतीले सम्हालेपछि घर९व्यवहारको वा बाहिरको कामको जिम्मेवारी श्रीमान्ले लिन्छन् । यस किसिमको तालमेलले परिवारमा सुख छाउँछ । दाम्पत्य सम्बन्धमा तालमेल मिल्छ ।
तर, महिला अर्थात श्रीमतीले घर९धन्दामै आफुलाई सीमित गर्नुपर्छ भन्ने जुन धारणा छ, त्यसले पनि समस्या पैदा गर्न सक्छ । किनभने श्रीमतीको महत्वकांक्षा आफैमा समस्या होइन । समस्या चाहि के हो भने, श्रीमानले त्यसलाई उचित व्यवस्थापन गर्न नसक्नु ।

तर, के आफ्ना श्रीमतीको महत्वकांक्षा पुरा गराउने बाटोमा श्रीमानले सहयोग गर्न सक्छन् रु यसको जवाफ नकारात्मक आउन सक्छ । किनभने पुरुषमा आफ्नै अभिमान हुन्छ । अहंम हुन्छ । अक्सर श्रीमान चाहन्छन् कि, श्रीमती आफुभन्दा अगाडि बढ्न सकोस् । उनीहरुले अलग पहिचान बनायोस् र लोकप्रिय होस् । अब श्रीमती पनि श्रीमान्को इच्छा अनुसार आफुलाई खुम्चाएर बस्न तयार हुँदैनन् । उनीहरु आफ्नो आकंक्षा पुरा गर्नका लागि जस्तोसुकै अडान लिन पछि पर्दैनन् । यता श्रीमान् पनि आफ्नो अडानबाट पछाडि हट्दैनन् ।

हो, यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो, अलग हुने ।
यसको सोझो अर्थ के भने, श्रीमान् र श्रीमतीको अहंम्, अडान, आकंक्षाले उनीहरुमा फाटो ल्याउँछ । दाम्पत्य सम्बन्ध टुट्न पुग्छ ।श्रीमान् र श्रीमतीका आ९आफ्नै इच्छा, आकंक्षा, चाहना हुन्छन् । तर, उनीहरुको लागि सर्वोपरी भनेका आफ्ना परिवार हुन्, जो उनीहरुले रचना गरेका हुन्छन् । उनीहरु छोराछोरी, आमाबुवा, सासुससुरासँग अभिन्न रुपले जोडिएका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले जुन पारिवारिक संरचना बनाएका हुन्छन्, त्यसलाई जोडेर राख्नु दुबैको दायित्व हो ।
केही कुरा

– श्रीमान्श्री-मतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा गृहस्थी र दाम्पत्य दुबैका लागि सुखद हुँदैन, त्यसैले यसबाट बच्नुपर्छ । एकअर्काको भावना र इच्छालाई सम्मान गरेर उनीहरुले यी सबै कुरा पाउन सक्छन् ।
-श्रीमती जीवनमा केही बन्न चाहन्छिन् वा हासिल गर्न चाहन्छिन्, त्यो गलत होइन । यो उनको हक हो । यद्यपी श्रीमतीले यो कुरा बुझ्नुपर्छ कि उनी के प्राप्त गर्न चाहन्छिन् रु त्यसले उनमा के हासिल हुन्छ रु श्रीमान्को भावनालाई ठेस लगाएर प्राप्त गरिने यस्ता कुराले जीवनमा के अर्थ राख्छ ?
-श्रीमान्को प्रोत्साहहन र प्रशंसाले श्रीमतीको प्रतिभा निखारिन्छ । उनको मनासय श्रीमतीलाई होच्याउने होइन ।
-श्रीमती प्रतिभाशाली छिन्, सार्वजनिक जीवन व्यतित गरिरहेकी छिन् भने यही कारणले श्रीमान्लाई हीनताबोध चाहि हुनुहुँदैन । एजेन्सी

तपाईको प्रतिक्रिया