काठमाडौं । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसइइको फाइनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन मात्र बाँकी छ। त्यसैले परीक्षालाई लक्षित गरेर उनी अहिले आफूले दैनिक १६ घन्टासम्म पढ्ने गरेको बताउँछिन् ।
करिश्माले स्कुल पढ्न थालेको चार वर्ष भयो । ७२ सालमा कक्षा सातमा भर्ना भएर स्कुले अध्ययन शुरु गरेकी करिश्मा अहिले १० कक्षाकी विधार्थी हुन् । यतीबेला उनको लक्ष्य भनेकै यस पटकको एसइइमा बिशिष्ट श्रेणी ल्याउनु हो ।
यही १० चैतबाट यो वर्षको एसइइ परीक्षा शुरु हुँदैछ । परीक्षाको रुटिन आएपछि आफ्नो व्यस्तता अझ बढेको उनले बताइन् । स्कुल भर्ना भएपछि अभिनेत्री करिश्माले फिल्ममा समय दिन भने सकिनन् । सोही कारण उनी पछिल्लो समय तीन वर्ष यताबाट फिल्म अभिनयमा भन्दा स्कुल अध्ययनमा व्यस्त रहिन् ।