काठमाडौं , उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार ९कटारी० मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् ।
गाउँका केटी जम्मा पारिन् । उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो । त्यस बेला १४ वर्षकी हिराकुमारी भुजेल आफै साथीहरुलाई खेल्न सिकाउँथिन् ।
छोरी मान्छे पनि फुटबल खेल्ने रु लाज हुँदैन् ? धेरैले उनलाई भन्थ्ये । भागेर, लुकेर भएर पनि केटाहरुसँगै खेलिरहेँ, उनले सुनाइन् । हिराले भोर्लेमा २०(२२ जना केटी तयार पारे पनि बल थिएन् । स्कुलमा ब्लाडर फुटेको बलको छाला थियो । ३५ रुपैयाँ जम्मा पारेर ब्लाडर किन्यौँ र बल तयार पारेर खेल्न थाल्यौँ, उनले सम्झिइन् । यो समाचार राजु घिसिङले कान्तिपुरमा लेखेका छन् ।