नेपाली गीतसंगीतको रोयल्टी हङ्कङमा

Halesi
0 Shares

रामधन राई/हङकङ
चैत्र–५, हङकङमा नेपाली श्रष्टाका गीतसंगीत प्रयोग गर्नुपूर्ब रोयल्टी प्रदान गरिएको छ । अक्षयकोष स्थापनार्थ खोटाङ समाज हङकङले आयोजना गरेको साँस्कृतिक कार्यक्रम ‘हलेसी साँझ–४’मा रोयल्टी समाज नेपाललाई १० हजार रुपैंयाँ रोयल्टी प्रदान गरिएको हो । हङकङमा बसोबास गर्ने खोटाङेहरुको हीतमा प्रयोग हुने गरी स्थापना गर्न लागिएको अक्षयकोषको सहयोगार्थ आयोजित कार्यक्रममा गीत संगीत सावैजानिक भएबापतको रोयल्टी रोयल्टी समाज नेपालका अध्यक्ष महेश खड्काले ग्रहण गरेका थिए।

जोर्डनस्थित याउमातेई कम्यूनिटी हलमा आईतबार आयोजित कार्यक्रममा श्रष्टाको बौद्दिक सम्पति तथा नेपाली गीतसंगीतको सम्मान गर्दै रोयल्टी प्रदान गरिएको आयोजक खोटाङ समाज हङकङका अध्यक्ष टिका कोयी राईले बताए । हङकङलाई कर्मभूमि वनाएर जन्मभूमिको हीतमा निरन्तर सक्रिय समाजले आयोजना गर्दै आएको हलेसी साँझको चौथो श्रृंखलामा चर्चित संगीतकार तथा गायक महेश खड्का, राजनराज शिवाकोटी लगायतले नेपाली गीतसंगीत प्रस्तुत गरेका थिए ।

अक्षयकोषको सहयोगार्थ गायक तथा संगीतकार पदम थुलुङ राई, गायिका मीना राई, रोशन राई पालुवास्टार, गायक सागर संसार राई लगायतले गीत गाएको आयोजकले जनाएका छन् । संगीतिक तथा साँस्कृतिक साँझमा सिक्केमे होमजायगा अर्थात सिक्कमे गफाडीको नामले परिचित दिलिप गुरुङले बेजोड प्रस्तुति दिएका थिए । हङकङमा चर्चित नेप्लिज हङकङ गु्रपको खुकुरी नृत्य र संयुक्ता डान्स आर्ट ग्रुपको साँस्कृतिक नृत्यले सांगीतिक साँझमा रौनकता थपेको थियो ।

साँस्कृतिक कार्यक्रममार्फत संकलित तथा कोषमा अग्रिम रुपमा जम्मा भएको रकम थपेर अक्षयकोष स्थापना गर्ने योजना वनाईएको कार्यक्रम संयोजक पेङ किरातको भनाई छ । हङकङलाई कर्मथलो बनाईरहेका खोटाङहरुको साझा सामाजिक संस्थाको रुपमा स्थापित खोटाङ समाज हङकङले जन्मभूमिको लागि निरन्तर परोपकारी कार्यहरु गर्दै आएका छन् । यो पटक भने हङकङमै रहने जिल्लाबासीलाई आपतबिपद् आईलाग्दा प्रयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने योजना बनाईएको साँस्कृतिक कार्यक्रमका संयोजक किरातले बताए ।

तपाईको प्रतिक्रिया