मुम्बई । आमिरले शाहरुखले आयोजना गरेको पार्टीमा आफूले घरबाटै खाना बोकेर गएको एउटा रोचक प्रसंग सुनाएका छन् । उनले हालै एक कार्यक्रममा शाहरुखको पार्टीमा घरबाटै खाना बोकेर गएको बताएका हुन् । पार्टीमा सहभागी हुन शाहरुखको घर पुगेका आमिरले घरबाटै खाना लिएर गएका थिए ।
जब म शाहरुखको घर पुगेँ, मैले आफ्नो खाना आफैँ लिएर गएको थिएँ, म सत्य बोलिरहेको छु आमिरले भने । आमिरलाई खानाका लागि सोध्दा उनले भने, म खाना खान्छु तर मैले आफैँ टिफिनमा खाना ल्याएर आएको छु किनकि म निकै कठोर डाइट गरिरहेको छु । त्यतिबेला आमिर दंगल फिल्ममा काम गरिरहेका थिए ।
बलिउडका दुई सुपरस्टार साहरुख खान र आमिर खान अहिले आफ्नो कामलाई लिएर खुसी मनाइरहेका छन्। दुवैका पछिल्ला फिल्मले औसत व्यापार गरे पनि बलिउडमा उनीहरुको चर्चामा कुनै कमी आएको छैन् । एप्पल कम्पनीका कार्यकारी निर्देशक टिम कुक भारत आएको बेला उनको सम्मानमा शाहरुखले घरमा रात्रि भोजको आयोजना गरेका थिए । जहाँ आमिरलाई पनि निम्ता गरिएको थियो ।