विवाह गरेको चार दिनमै निकोलसको सम्बन्धविच्छेद, यस्तो रहस्यमय छ कारण

Halesi
0 Shares

एजेन्सी । हलिउड स्टार निकोलस केजले केही दिन पहिले मात्र मेकअप आर्टिस्ट एरिका कोइकसँग विवाह गरेका थिए । तर, अचम्म त के भयो भने उनीहरूको विवाह भएको चार दिनमै सम्बन्धविच्छेद भएको छ । सामाजिक सञ्जालमा निकोलसका फ्यानले किन यस्तो भयो भन्ने प्रश्न गरिरहेका छन् । तर, यसबारे निकोलस मौन छन् ।

यति चाँडो विवाह तोडेको समाचार आए पनि निकोलस र एरिका दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।पश्चिमी मिडियाहरूका अनुसार दुवैले गत शनिबार विवाह दर्ताका लागि निवेदन पेस गरेका थिए र त्यही दिन दर्ता पनि भएको थियो। ५५ वर्षीय निकोलसले गत बुधबार नै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दिएका थिए ।

तपाईको प्रतिक्रिया