काठमाडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले अशोक शर्माको निर्देशनमा बन्न लागेका फिल्म रातो टीका निधारमा साइन गरेकी छन्। उनले यो चलचित्रमा १६ लाख पारिश्रमिक लिने भएकि छिन् । उनी निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन्।
अहिले निर्माण भइरहेको फिल्म मारुनीमा व्यस्त साम्राज्ञीले निर्देशक हेमराज बीसीको फिल्म शुभविवाह पनि साइन गरिसकेकी छन्। यो फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन्। मारुनीको छायांकन पूरा भएलगत्तै शर्माको फिल्म रातो टीका निधारमाको छायांकन सुरु हुनेछ ।