रक्तचाप हुनेको संख्यामा बृद्वि, कसरी बच्ने यसबाट ?,

Halesi
0 Shares

काडमाडौ। पछिल्लो समय धेरै मानिसहरु उच्चरक्तचापबाट पिडीत भएको पाइन्छ। रक्तचापबाट बढ्यो भन्दै अस्पताल पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको छ। पहिला उमेर बढ्दै जाँदा देखिने उच्च रक्तचापको समस्या अहिले खानपानमा ध्यान नदिँदा कम उमेरका मानिसमा पनि यो समस्या देखा परेको छ। मुटुरोग विशेषज्ञ डाक्टर रन्जित कुमार शर्माका अनुसार।

धेरै मानिसले कम रक्तचाप त्यति गम्भीरतापूर्वक लिँदैनन, जति उच्च रक्तचापलाई लिने गर्छन्। लो ब्लड प्रेसरलाई पनि ध्यान नदिने हो भने जोखिम हुन सक्छ। त्यसैले समयमै उच्चरक्तचापबाट बच्न उपाय खोज्नुपर्छ। धेरै नुनले,फास्टफुडले व्यस्त जीवनशैली तथा कामको धपेडीले,बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ।

यस्तै अकस्मात हुने ब्लड प्रेशरको कारणले हृदयघात हुन सक्छ। हाई ब्लड प्रेसरको कारण आँखा बन्द भएर आँखाको ज्योति बन्द हुन सक्छ। ब्लड प्रेसरको असर दीर्घकालीन हुने गर्दछ। दश प्रतिशत बिरामीको मृगौलामा जाने नशा साँघुरो भएर, मृगौला बिग्रिएर र कतिको जन्मजात पनि हुने गर्दछ।

उच्चरक्तचापबाट पिडीतले अत्याधिक नुनको सेवन नगर्ने, धेरै चिल्लो नखाने, भुटेको तारेको जङ्कफुडको सेवन नगर्ने, नियमित व्यायाम गर्ने,सागसब्जी धेरै खाने, ठिक मात्रामा बोसोरहित मासु खाने गर्नुपर्दछ।

यस्तै मानसिक आघात, तनाव, भय, क्रोध, शोक, दुःख, नकारात्मक सोचाइ आदिका कारण लो ब्लड प्रेसर हुने गर्दछ। उपवास, धेरैबेर नसुत्नु, कमजोरी, धेरै रक्तस्राव हुनु, पौष्टिक आहारको कमी हुनु, ठुलो रक्तधमनीमा अवरोध हुनु, मुटुसम्बन्धी समस्या हुनु,शरीरमा रहेका इन्डोक्राइन ग्लान्डस बाइराइड, पिट्युटरी एड्रिनलिनजस्ता ग्रन्थीले हर्मोन्सको मात्रा कम उत्पादन गर्नु, शरीरमा पानी तथा रगतको मात्रा कमी हुनु यस्तै अत्यधिक मोटोपन, अचानक मानसिक आघात, कुनै डरलाग्दो भयावह दृश्य देख्नु या कुनै दुःखद् समाचार सुन्नाले पनि ब्लडप्रेसर लो हुन सक्छ।

रक्तचाप कम भयो भने स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ,गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ,ब्रेन डिसअर्डर, मृगौला रोग लाग्न सक्र्दछ । रक्तचाप कम भएका बिरामीले नुन धेरै खाने,भरपुर पानी पिउनु पर्छ,धेरै समयसम्म उभिएर बस्नु हुँदैन,धेरै लामो समय बसेर अचानक उठ्नु हुँदैन,कसरत, योगा, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया