एजेन्सी। अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा एक अनौठो स्थिति सिर्जना भएको छ । केन्सासको ओक स्ट्रीट स्कुलका कार्यरत १४ शिक्षिकाहरुमध्ये आधा शिक्षिकाहरु एकैसाथ मातृत्व आवकासमा जानेवाला छन् ।
योजनाबद्ध होइन: क्याटी नामको एक शिक्षिका यसका पछाडि कुनै योजना नभएको बताइन् । उनले यो शुद्ध संयोग मात्र भएको बताइन् । गर्भवती हुने एक शिक्षिका टिफ्यानी दुई बच्चाकी आमा हुन् । उनका एक बच्चाको उमेर ७ वर्षको छ भने अर्कीको ९ वर्ष छ । उनले आफू थप बच्चाको आमा हुन लागेकोमा निक्कै रोमाञ्चित भएको बताइन् ।
पहिलो पटक यस्तो घटना: स्कुलकी प्रिन्सिपल एश्ले मिलरका भनाईमा उनको दुई दशकको करियरमा पहिलो पटक यस्तो घटना भएको बताइन् । ७ औं कक्षाकी शिक्षिकाले उनी कहाँ आएर आफू गर्भवती भएको बताउँदा अचम्म परेको बताइन् । खासमा त्यस अघिनै ६ शिक्षिकाहरुको एकसाथ गर्भवती भएको बताइसकेका थिए ।
एल्लेले खबर सुनेपछि शिक्षिकाहरुले आफूलाई मूर्ख बनाएर रमाइलो गरेको पो हो कि भनेर सोधेको पनि बताइन् । एश्लेका अनुसार मार्च र अक्टोबरमा नै दुई शिक्षिकाहरुले बच्चालाई जन्म दिएका थिए । एउटै विद्यालयका ७ शिक्षिका गर्भवती भएको खबर पुरै शहरमा फैलिएको छ । मानिसहरुले यसलाई हसि–मजाकको रुपमा लिइरहेका छन् । मानिसहरुले अब त स्कुलको पानी पिउँदा पनि अब त गर्भ रहला भन्ने डर भएको भनेर उडाउन थालेका छन् ।
प्रिन्सिपलले ७ जना शिक्षिकाहरु मातृत्व अवकाशमा जाँदा नयाँ शिक्षिकाहरु ल्याएर खाँचो हुन नदिने बताइन् । प्रिन्सिपलले ७ शिक्षिकाबाट ८ बच्चा जन्मन लागेको पनि जानकारी दिइन् । उनका अनुसार ४ कक्षामा पढाउने केलीको गर्भ जचाउँदा गर्भमा जुम्लाहा रहेको बताएकी छन् । एजेन्सी