काठमाडौं। साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुन ५९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको छ।