एनआईसी एशिया क्यापिटलले नयाँ वर्षमा निशुल्क डिम्याट खाता

Halesi
0 Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई एक नेपाली, एक डिम्याट खाता अभियानको वर्षको रुपमा सञ्चालन गर्ने भएको छ। व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा एक नेपाली, एक डिम्याट खाता अभियानको थालनी गरेको हो।

एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरी एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गर्ने छ। एनआईसी एशिया क्यापिटल लिमिटेडले सोही अभियानलाई थप टेवा पुर्याउन मिति २०७६ अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएको कम्पनीले जनाएको छ।

सो अभियानले विशेषत महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास कम्पनीको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै गुणस्तरिय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ।

तपाईको प्रतिक्रिया