महिनावारी गडबडी ठीक पार्नदेखि क्यान्सरसम्मको रोग ठिक पार्छ कुरिलोले

Halesi
0 Shares

कुरिलोको नियमित सेवन महिला तथा पुरूष दुबैका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।
कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।

कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । यो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ ।कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । यसको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ ।

तपाईको प्रतिक्रिया