मोटोपना: अनियमित र गलत खानपानका कारण मानिसहरू मोटोपनाको शिकार हुन पुग्छन् । यसबाट बच्नका लागि दिनदिनै लौकाको जुस पिउने गर्नुस् । यसले मेटाबोलिजम बढाउँछ र मोटोपना तीव्रताका साथ कम गर्छ ।
अनावश्यक रौं: पुरुषको छाती र पिठ्युँमा भुत्ला पलाएर फोहोरी देखिने बनाउँछ । यसको उपाय भनेको बेसार र दही मिसाएर छालामा दल्नुस् । अनि सुकेपछि हलुका हातले रगड्नुस् र धुनुस् ।
तालुचिण्डे: यसका लागि मेथीका दाना र काला दाना ९कलौंजी० को पेस्ट नरिवलको तेलमा मिसाउनुस् । यसो गर्दा तालु खुइलिने समस्याबाट मुक्ति पाइन्छ ।
पाइताला गनाउने: पाइताला गनाएमा बेसनमा दही मिसाएर लगाउनुस् । दुर्गन्ध भाग्छ ।
कपालको चायाँ: बेकिङ सोडामा दही हालेर कपालमा लगाउनुभयो भने चायाँ हटेर जान्छन् ।
एजेन्सी