–भीम राई
खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको किराँत चोकदेखि हाटडाँडासम्मको यात्रामा निस्कँदा तपाईले जे देख्नुहुन्छ । त्यसले मनमा एक किसिमको तरङ्ग दिन्छ । बजारको प्रत्येक पेटी र पसलहरुमा स्थानीय उत्पादनहरु पाइदैन । शहरबाट ल्याइएको फलफुल तथा तरकारीहरुले बजार ढाकिएको छ । स्थानीय उत्पादनको कुनै बिक्रीवितरण देखिदैन । स्थानीयस्तरमा उत्पादन गरिएको कुनैपनि तरकारीहरु बजारको पसलमा हुँदैनन् ।
खेतियोग्य जमिन प्रशस्त छ भनेर राजनीतिक दलका नेताहरुले भनिरहँदा आम नागरिकहरु भने शहरबाट ल्याइएका रासायानिक तत्वले भरिपूर्ण भएका फलफुल तथा तरकारीको प्रयोग गर्नु लालायित छन् । स्याउ, केरा, अङ्गुर, अनार, सुन्तला, जुनार, मेवा, जस्ता फलफुलहरु छन् । बिक्री भइरहेका छन् । बन्दा, काउली, गोलेभेडाहरु सबै शहरबाट गाडीमा ल्याइएका छन् । मुला र गाँजरदेखि धनियाँको सागसम्म कि तराईबाट कि काठमाडौंबाट सिधै ल्याइएका छन् ।
यो अवस्था देख्दा हाम्रो गाउँको समृद्धि कतातिर जाँदैछ भन्ने प्रश्न उठ्छ । गाउँमा उत्पादन गर्ने आम किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजहरुले बजार नपाएको गुनासो सुनाइरहँदा बजारमा भने कुनै किसिमको उत्पादन सहजरुपमा नपाउनुले हाम्रो पैसा कता जाँदै छ ? भन्ने प्रश्न उठ्छ । हामी आत्मनिर्भर भएर बाँचेका छौँ कि परनिर्भर भएर जिएका छौँ भन्ने बारेमा सोझो जवाफ पाउन सकिने गरि हाम्रो जीवन पद्धती चल्न थालेको छ । हामीले प्रयोग गरेको कुन वस्तु हाम्रो आफ्नै उत्पादनका होलान भन्ने बारेमा सोच्दै जाने हो भने कुनैपनि कुरा हामीले आफ्नो उत्पादन प्रयोग गरेकै छैन ।
खानादेखि नाना सम्म बाहिरबाट आयात गरेर हामीले जीवन चलाई रहेका छौँ । सामन्यत भान्सामा छिरेपछि नै हामीले राम्ररी नियाल्ने हो भने हामीले उत्पादन गरेका कुनैपनि उपभोग्य सामग्रीहरु हामीले पाउँदैनौ । चामल हामी तराईबाट आएको प्रयोग गर्छाैँ । नुन तेल बाहिरबाटै ल्याइएका छन् । खानेकुरामात्र होईन हामीले व्यापक प्रयोग गर्दै आएका पेयपदार्थ समेत बाहिरबाटै ल्यााएर प्रयोग गर्दै आएका छौँ ।
स्थानीय उत्पादनको नाममा हामीले प्रयोग गर्ने पानी बाहेक सबैकुरा आयातित सामग्रीकै भर पर्नु पर्ने भएपछि हाम्रो उत्पादनको न प्रर्वद्धन हुन सकेको छ । न यसको बजारी करणनै गर्न सकिएको छ । यसले खास आम उपभोक्ताहरुलाई समेत चनाखो बनाउनु पर्ने हो त्यो भएका छैन । जिल्लामा उत्पादन भएका अन्नहरुलाई कुहाएर आयातित मन्द बिष सेवन गर्ने बानीको विकास हुन थालेको छ । मानिसहरुको जीवनस्तरमा सुधार भएको भन्ने की डामाडोल हुँदैछ भन्ने विषयमा हामीले बहस गर्न थालिएकै छैन । यसले हाम्रो कृषकहरुलाई नैरस्यता थपिएको छ ।
अन्यौलताको सिर्जना भएका छन् । स्थानीय कृषकहरुको उत्पादनलाई बजारी करण गर्नको सम्बन्धित क्षेत्रले अनुगमन नगर्दा समस्या भएका छन् । नगरपालिकाले अर्गानीक नगरको अवधारणा अगाडि सारीरहेको बेला आफ्ना अगार्निक उत्पादन के के हुने र त्यसलाई स्थानीय स्तरमै कसरी प्रर्वद्धन गराउने भन्ने बारेमा योजना निर्माण गर्न आवश्यक रहेको देखिन्छ ।
बढ्दो शहरीकरण र उपभोग गर्ने सेवा र वस्तुहरु विस्तारै विलासी हुँदै गएपछि दैनिक जीवन सञ्चालन गर्ने तौड तरिकामा समेत नयाँ नयाँ ढङ्गहरु देखिन थालेका छन् । अहिले समाजमा देखिने गरेको सामाजिक यर्थातता भनेको नै विलासी जीवन जिउने होडबाजीमा देखिन्छ ।
व्यक्तिगत अर्थतन्त्रले धान्न नसक्ने गरी बढेको दैनिक कृयाकलापकै कारण सामाजिक अपराधीकरण बढेका छन् । गाउँमा भएका कोहीपनि मानिस स्मार्ट फोन नभएका हुँदैनन् । गाउँका शिक्षित देखि अर्धशिक्षित व्यक्तीहरु कोहीपनि सामाजिक सञ्जालमा नजोडिएको भन्ने पाइदैन ।
प्रत्येक युवा युवतीहरु मोटर साईकल वा विलासी सामाग्री बिहिन छैनन् । सामन्यत हिसाब गरौँ कि ? एउटा मोटर साईकल किन्ने पैसा, त्यसमा लाग्ने दैनिक इन्धन खर्च, उसले बाहिर गर्ने खाजा खर्च जस्ता कुराहरुको हिसाब गर्ने हो एकजना यूवाले प्रत्येक दिन करिब दुई हजारका दरले खर्च गरिरहेको छ । तर स्मरण रहोस त्यस्ता युवाहरुको रोजगार के खुल्ने गरेका छैनन् ।
यस्तो प्रवृत्तिले हाम्रो समाज कतातिर जाँदैछ ? हामी उत्पादनसँग जोडिएका छैनौँ । सजिलो व्यवसाय रोज्ने गरेका छौँ । एउटा युवाले रोज्ने व्यावसाय भनेको ठेक्कापट्टा, व्यापार वा सानो दलाली हो । यसले खास उत्पादनमा सहयोग पु¥याउँछ त ? युवाहरु वेरोजगार छन् भनेर रोजगारीको अवसर खोज्ने कुरा धेरै सुनिन्छ तर उत्पादनमूलक काममा युवाहरुलाई कतिको परिचालित गरिएको छ । यता पनि सोच्ने हो की ? एउटा युवाले रोजेको व्यवसाय जस्तै एउटा गाउँका किसानले गर्दै आएको व्यवसायबीच सम्बन्ध जोड्न किन सकिदैन ? प्रश्नहरु प्रशस्त छन् ।
अहिले सरकार गाउँ गाउँमा गएसँगै विकासको नाममा निकै ठुला कामहरु अगाडि बढीरहेका छन् । तर विकास भन्ने नाममा बाटोघाटो बनाउने पुलपुलेसा र भवनहरुको निर्माणमा मात्र ध्यान गईरहेको हामीले पाउँछाँै । जनताको जीवनस्तर उकास्ने खास के काम भए होलान सोच्न आवश्यक भईसकेको छ ।
स्पष्ट छ । हिजो खोटाङ जिल्लाको सदरमुकाममा यातायातको सुविधा नहुँदा यहाँका कृषकहरुले उत्पादन गरेका सामग्रीहरुको खपत जती हुन्थ्यो । अहिले शहरीकरण बढेपछि कृषकका उत्पादनहरु भने घट्दो क्रममा छ । मोटर आयो मोटरसँगै विकास पनि आयो होला । तर विकास गाउँका किसानहरुको उत्पादन मासीदैँ गयो । स्थानीय जातका कुखुरा सुँगुरदेखि खसीबाख्रा हराउँदै गएका छन् । स्थानीय जातका धान मकै पाउन छाडियो ।
तरकारीहरु समेत अन्यत्रबाट आयात गरेर उपभोग गर्न थालिनुले हामीलाई अर्थतन्त्रले कसरी साथ देला ? प्रश्न जटिल भएर आएको छ । यसका बारेमा सरोकार राख्ने सबैले गम्भिर भएर सोच्ने की ?
लेखक ः किराँत राई पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।