अदालतमा मुद्दा परेपछि गुगलद्वारा टिकटक ब्लक

Halesi
0 Shares

एजेन्सी । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई गुगलले भारतमा ‘ब्लक’ गरेको छ । मद्रास उच्च अदालतमा टिकटक बन्द गर्न माग गर्दै मुद्दा परेको थियो । भारतको सर्वोच्च अदालतले टिकटकबारे २२ अप्रिलमा सुनुवाइ गर्ने बताएको केही घन्टापछि गुगलले लोकप्रिय चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो । मद्रास उच्च अदालतमा यो विषयमा सुनुवाइ जारी छ । सोही कारण देखाउँदै भारतीय सर्वोच्च अदालतले यो विषयमा पछि निर्णय गर्ने जनाएको थियो ।

मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकले बालबालिकामा पोर्न सामग्री पुर्याएको, यौनजन्य अपराध फैलाउन सक्ने भन्दै प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो। टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीशहरूको व्याख्या थियो ।

राज्य तह अदालतले माग गरे बमोजिम अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको केही घन्टापछि गुगलले टिकटक ब्लक गरेको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार सर्वोच्चले प्रतिबन्ध लगाउन अस्वीकार गरेको सो विषयमा सरकारी अधिकारीहरुले गुगल र एप्पललाई पत्र पठाएर ब्लक गर्न अनुरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया