तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुस । सेम्पुलाई सोझै कपालमा दल्नुको साटो त्यसलाई थोरै पानीमा मिसाएर पहिले डाइल्यूट गर्नु उपयुक्त हुन्छ । अत्यधिक सेम्पुको प्रयोगले पनि कपाल कमजोर भएर र्झन थाल्छ ।
कपाल धुनका लागि तातो पानीको प्रयोग सकभर नगर्नुस । कोठाको तापमान वा त्यसभन्दा अलिकति चिसो पानी प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।हरियो पत्तेदार सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गर्नुस ।
धेरै तनाव लिने व्यक्तिहरुको कपाल झर्नुका साथै चाँडै फुल्छ पनि । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्याउँछ ।
चिसो कपालमा काइयोले नकोर्नुहोस्। कपाललाई हावामा सुक्न दिनुस र मोटो दाँत भएको काइयोले कोर्नुस ।कपाललाई नियमितरुपमा ट्रिम गर्नाले कपालका टुप्पोलाई पुग्ने क्षति कम गर्न सकिन्छ । समय-समयमा कपाल छाँट्नुस् । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुन्छ । आमरुपमा चारदेखि ६ महिनामा कपाल ट्रिम गर्नुपर्छ ।