एजेन्सी । युक्रेनका जनताले आइतबार नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गर्दैछन् । र, सम्भवत युद्धमा रहेको यो देश र परिवर्तन खोजिरहेका जनताले यसअघि कुनै राजनीतिक अनुभव नभएका एक हास्य कलाकारलाई सर्वोच्च पदमा निर्वाचित गर्नेछन् ।
विभिन्न सर्वेक्षणले एक टेलिभिजन सिरिजमा काल्पनिक राष्ट्रपतिको भूमिका निभाउने भोलोडिमियर जेलेन्सकीले सत्तासिन राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई पराजित गर्ने देखिएको छ ।भ्रष्टाचार नियन्त्रणमा देखाएको उदासिनताका र जनताको खस्कदो जीवनस्तरका कारण पोरोसेन्कोको लोकप्रियता घट्दो छ ।
शुक्रबार दुवै प्रत्यासीले किएभ रंगशालामा भएको बहसमा भाग लिएका थिए ।यदी आइतबार भएको निर्वाचनमा जेलेन्सकी विजयी भए युक्रोनको इतिहासमा राजनीतिक अनुभव हासिल नगरेका व्यक्ति सर्वोच्च पदमा निर्वाचित भएको पहिलो अवसर हुनेछ ।
विश्वमा ब्रेक्सिट, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको जीत, इटालीमा ५ स्टार आन्दोलनजस्ता घटना भइरहेको बेला युक्रोनमा जेलेन्सकीको उदय भएको हो ।सर्वेक्षणमा मात्र ९ प्रतिशत युक्रेनका जनतालाई वर्तमान सरकारमाथि विश्वास रहेको देखाएको थियो ।
म एउटा साधारण व्यक्ति हुँ र यो व्यवस्था भत्काउन यहाँ आएको हुँ । म तपाईंको गल्ती र झुटा वाचाको प्रतिफल हुँ, किएभ रंगशालामा आयोजित बहसमा जेलेन्सकीले भनेका थिए ।एजेन्सी