काठमाडौं। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ।आइतबार छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यसैगरि आइतबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ।