वर्ल्डलिंक इन्टरनेट अब सेफ नेट

Halesi
0 Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्नी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा योजना सार्वजनिक गरेको छ । वर्ल्डलिंकले कर्पोरेट ग्राहकहरु इन्टनेट प्रयोग सुरक्षा दिन सेफ नेट सेवा उपलब्ध गराउने भएको हो ।

विगत २३ वर्ष देखी उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंकले केहि वर्षअघि रिटेल ग्राहकका लागि सेफ नेट सुविधा उपलब्ध गराउँदै आएको थियो । उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि सेवा सुचारु गराएको छ ।

कर्पोरेट भर्जनको सेफ नेट सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध हुने जनाइएको छ ।यसको प्रयोगले इन्टरनेटको सहि सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

तपाईको प्रतिक्रिया