श्रीलंका आक्रमण गर्नेमध्ये दुई युवक धनाढ्य व्यापारीका छोरा भएको पुष्टि

Halesi
0 Shares

एजेन्सी । इस्टर सण्डेको दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी कोलोम्बोको एक धनाढ्य मसाला व्यापारीको छोराहरु रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ ।

अनुसन्धानबारे जानकार दुई स्रोतको हवाला दिदैं सीएनएनले ती दुई जना दाजु भाई भएको र तिनको नाम इम्स एहमेद इब्राहिम र इल्हाम एहमद इब्रोहिम रहेको जनाएको छ । भारतीय समाचार वेबसाइट फस्टपोस्टले पहिलो पटक ती दुई दाजुभाईको परिचय सार्वजनिक गरेको थियो । सो बेवसाइटले ती दाजुभाई ३० भन्दा केही बढी उमेरको भएको बताएको छ ।

तिनका पिता मोहमेद इब्राहिम कोलम्बोमा रहेको इशाना एक्सपोर्टका संस्थापक हुन् । कम्पनीको बेवसाइटमा कम्पनी सन् २००६देखि श्रीलंकाको सबैभन्दा ठूलो मसाला निर्यातक लेखिएको छ । आक्रमण लगतै गरिएका श्रृङ्खलावद्ध पक्राउका क्रममा मोहमेद पनि थिए । तर उनीमाथि कुनै मुद्धा भने चलाइएको छैन ।

रिपोर्ट अनुसार इम्ब्राहिम परिवार श्रीलंकाको राजधानी कोलम्बोको सबैभन्दा धनी मुसलमान परिवारमध्य एक हो ।आइतबारको आक्रमण आत्मघाती आक्रमण थियो । हालसम्म आक्रमणमा मृतकको संख्या ३५९ पुगेको छ भने ५०० भन्दा बढी घाइते छन् ।
घटनाको पछिल्लो अपडेड जानकारी गराउन बुधबार श्रीलंकाका रक्षा मन्त्रीले एक पत्रकार सम्मेलन आयोजना गरे ।

त्यसक्रममा मन्त्री रवान विजेवार्देनेले आक्रमणमा संलग्न व्यक्तिहरुको पृष्ठभूमि डरलाग्दो भएको बताए । उनले अनुसन्धानबाट आत्मघाती आक्रमणमा संलग्नहरु राम्रो शिक्षा लिएका, उच्च मध्यम वर्ग परिवारका र आर्थिक रुपमा स्वतन्त्र रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया