काठमाडौं। साताको पाँचौं दिन अथवा बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा रु ४०० रुपैयाँले बढेको हो ।बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।साथै, चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।