के खानपानका कारण मानिसको अनुहार खुम्चिँदै गएको हो ? यसो भन्छन् बैज्ञानिक

Halesi
0 Shares

काठमाडौं । वैज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ ।पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको देखियो ।

निएन्डरथल र बाँदरहरूको निधार चुच्चे हुन्थ्यो अनि अनुहार चौडा र दाँत ठूलो हुन्थे । मानव विकासक्रममा खाना पकाउन शुरू गर्दा हाम्रो अनुहार सानो हुँदै गयो । हामीहरूलाई शक्तिशाली दाँत र गिजाको आवश्यकता कम हुन थाल्यो ।

योर्क र हाल विश्वविद्यालयहरूले पुराना अफ्रिकी मानवको अनुहारदेखि लिएर आधुनिक अनुहारको परिवर्तन हेरे ।योर्क विश्वविद्यालयका प्राध्यापक पल भन्छन्, अहिलेको नरम खानेकुराका कारण मानव अनुहारको आकार घटिरहेको छ । मानव अनुहार बदलिन सक्ने पनि एउटा सीमा छ । तर सास फेर्नका लागि नाकको प्वाल ठूलो हुनुपर्छ ।

आफ्ना आँखीभौंबाट बढी अभिव्यक्ति दिनका लागि मानव अनुहारको विकास भएको पनि वैज्ञानिकहरूले बताएका छन् । शिकार युगबाट कृषियुगमा पुगेपछि मानिसहरू मकै र गहुँ उमार्न थाले र रोटी खान थाले अनि अनुहार साँघुरिँदै गयो ।हामी आफ्नो अनुहारको मांसपेशीको संकुचन र सहजतामार्फत २० किसिमका भाव व्यक्त गर्न सक्छौं । हाम्रा पूर्वजहरू यसो गर्न सक्षम थिएनन् । उनीहरूको अनुहारको आकार र मांसपेशीका स्थिति फरक थिए ।एजेन्सी

तपाईको प्रतिक्रिया