भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ उदयपुरको ताप्ली र महिलातर्फ खोटाङको स–छितापोखरीलाई

Halesi
0 Shares

खोटाङ, १८ वैशाख  ः दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा भएको अन्तर स्थानीय तह महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि उदयपुरको ताप्ली गाउँपालिका र महिलातर्फको उपाधि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीले चुमेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएको सर्वाधिक राशीको भलिबल प्रतियोगितामा खोटाङको बराहपोखरी गाउँपालिकालाई हराउँदै उदयपुरको ताप्ली र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा (ए)लाई हराउँदै स–छितापोखरीले उपाधि चुमेको हो ।

पुरुषतर्फको प्रतियोगितामा दिप्रुङ चुइचुम्मा गाउँपालिका रोभलुङ (छोरम्बु) तेस्रो भएका छन् भने, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा (बी) तेस्रो भएका छन् । पुरुषतर्फ प्रथम स्थान प्राप्त गर्नेलाई रु एक लाख ३० हजार तथा महिलातर्फ रु ५० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

पुरुषतर्फ दोस्रो हुनेलाई रु ८० हजार र तेस्रो हुनेलाई ५० हजार तथा महिलातर्फ दोस्रो हुनेलाई रु ३५ हजार तेस्रो हुने टोली लाई रु २५ हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित महिला र पुरुष खेलाडीलाई पनि जनही पाँच÷पाँच हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगीताका विजयी खेलाडीलाई खोटाङ सेवा समाज यूकेका उपाध्यक्ष रत्न राई, गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । ‘खेल खेलौँ स्वास्थ्य रहौँ, खेलको माध्यमबाट भाइचाराको विकास गरौँ’ भन्ने नाराका साथ गत आइतबार याम्खाको खेलमैदानमा उद्घाटन गरिएको प्रतियोगिता मङगलबार डाँडागाउँको ओख्रे खेल मैदानमा समापन गरिएको हो ।
प्र

तियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ पाँच टोली बीचमा प्रतिष्पर्धामा उत्रिएका थिए । महिला र पुरुष भलिबल प्रतियोगितासँगै भएको एकल नृत्य प्रतियोगितामा मनिता राई प्रथम, विज्ञान राई दोस्रो र कल्पना विश्वकर्मा तेस्रो भएकी छन् ।

नृत्यमा प्रथम हुनेले नगद रु दश हजार, दोस्रोले रु सात हजार र तेस्रोले रु पाँच हजारका साथमा प्रमाण–पत्र प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया