चाणक्यको नाम सम्झने वित्तिकै एउटा टुप्पी भएको उज्यालो अनि कठोर अनुहारको मान्छेको चित्र दिमागमा बन्दछ । उनै चाणक्य कुनै एक समयका महान बुद्धिमान व्यक्ति थिए । उनी कुटनीति अनि राजनीतिको ठुलो ज्ञाता हुनुको साथै उनमा जीवन दर्शनसँग सम्बन्धित राम्रो ज्ञान थियो । उनले आफ्नो जीवनबाट प्राप्त अनुभवको संकलन गरि जुन कुरा लेखेका थिए त्यसैलाई मानिसहरु चाणक्य नीति भन्छन् ।
चाणक्य नीतिको धेरै कुरा आदर्शबाट प्रभावित भएर लेखिएको होइन्, यो त जीवनको वास्तविक चित्र हो ।यहाँ तपाईंले चाणक्य नीतिको यस्तो कुरा जानकारी पाउनुहुन्छ जसले जीवनको बाटो नै बदल्न सक्छ-
१.जो समय बितिसकेको छ, त्यसलाई सम्झेर पछुताउनु व्यर्थ हो । यदि तपाईबाट कुनै त्रुटी भएको छ भने त्यसैबाट शिक्षा लिएर वर्तमानलाई राम्रो बनाउन प्रयास गर्नुपर्छ, ता कि भविष्यलाई उज्जल बनाउन सकियो ।
२. जुन धन धेरै दुःख कष्ट पछाडि मिल्छ, जसको लागि आफ्नो धर्म नै त्याग्नुपर्छ, जसको लागि शत्रुलाई खुसी पार्दै उसैको अधिनमा पर्नुपर्छ, त्यस्तो धनको कहिल्यै पनि मोह गर्नु हुँदैन । त्यो धनले व्यक्तिलाई हानी नै गर्छ ।
३.कुनै कार्यको सुर गर्नुपूर्व यी तिनकुरालाई सधैं ध्यानमा राख्नु – यो काम किन गर्न चाहन्छु रु यसको परिणाम के होला रु के यसले मलाई सफलता दिलाउँछ ?
४. कसैको अधिनमा हुन जति कष्टदायक हुन्छ त्योभन्दा बढि कष्ट गलत व्यक्तिको घरमा रहँदा हुन्छ । तैभएर दोब्बरै फाइदा देखाए पनि गलत व्यक्तिको घरमा नरहनु ।
५. जो मीत्र तपाईंको अगाडि मिठो–मिठो कुरा गर्छ अनि पछाडि काम बिगार्छ । उससँगको सम्बन्ध तोड्न आवश्यक हुन्छ । त्यो मित्र त्यो भाँडा जस्तो हो जसको मुनि खतरानाक विष अनि माथि दुध छ ।
६. जसरी कुनै पशुको बच्चा हजारौं भीडबाट पनि आफ्नो आमालाई खोज्दै जान्छ । त्यसैगरि मानिसले गरेका गलत कर्मको पनि परिणाम पनि उसलाई खोज्दै आउँछ । त्यै भएर गल कर्म गर्नु अगाडि धेरै पटक सोंच्नु पर्दछ ।