काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको बढेको छ । सुन आज तोलामा रु १०० रुपैंयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको छ।