काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा रू २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, मंगलबार तेजावी सुन ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।